ललितपुर : ललितपुर महानगरपालिकाको बागमती गाउँपालिकास्थित गिम्दी, नागटार, हुचीटार लगायत हिलटारका स्थानीय बासिन्दा पहिरो खसेर बाटो बन्द हुँदा मारमा परेका छन ।
गिम्दीका ५० वर्षीय भक्तबहादुर कालीकोटेका अनुसार स्थानीय तरकारीहरु बजारसम्म पुर्याउन नसक्दा गाउँमै कुहिँदै छन । हिडडुल गर्न त समस्या छँदै छ तर तरकारी तथा फलफूल नै कुहिने अवस्था आउँदा स्थानीयको आम्दानी घटदै गएको कालीकोटेको गुनासो छ ।
यसैगरी स्थानीय व्यापारी ज्ञानेन्द्र प्रसाद दाहालले बाटो नै पहिरोले पुरिएपछि आफैले बोकाएर खुवा बजारसम्म पुर्याइने गरिएको बताए ।
यतिमात्रै होइन काठमाडौंबाट गाउँसम्म विभिन्न खाद्य सामग्री पुर्याउन समेत समस्या परेको स्थानीयहरु बताउँछन ।




