काठमाडौं : सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी मृत भेटिएका छन्।
कार्यालयको कोठामा मंगलबार बिहान उनी मृत भेटिएका हुन्।
उनले विष सेवन गरी आत्महत्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले शवको मुचुल्का उठाएको छ। वृत्तका डिएसपी कौशल बुढाथोकीको नेतृत्वमा रहेको टोली घटनास्थलमा छ।
नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
१० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत अवस्थामा देखेका थिए।
Facebook Comments Box