काठमाडौं: स्वास्थ्य उपचारका लागि सिंगापुर जना लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको त्यहाँ डेढ साता बस्ने कार्यक्रम तय भएको छ ।
उनी स्वास्थ्य उपचारका लागि विहिबार सिगापुर जाँदैछन् । मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् ।
‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘८/१० दिनलाई फेरि जाँदैछु भन्नुभयो ।’
यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।