काठमाडौँ: कृषि विकास बैंकले संबिधान दिवसको अवसर पारेर शुक्रबार ललितपुर महानगरपालिका वातवरण सुधार समिति वडा नं.१५ लाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित्त आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत सातदोवाटो ललितपुरको आयोजित कार्यक्रममा प्रमुख अतिथी ३ नं.प्रदेश सभासद राजकाजी महर्जन,विशेष अतिथी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र विशेष अतिथीकै रुपमा पूर्व सभासद जनक चालिसेले रहनुभएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समितिलाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित्त १,२०,००० को चेक बातरवरण सुधार समितिका संयोजक तथा १५ नं. वडासदस्य महेन्द्र मानन्धरलाई हस्तान्तरण गर्नुभयो ।
स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी श्री रामकाजी महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै बृक्षारोपण तथा वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवन संगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नु पर्ने बताउंदै बैंकले पु¥याएको योगदानको प्रसंशा समेत गर्नु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका विशेष अतिथी श्री अनिल कुमार उपाध्यायले वातरवरण संरक्षणको प्रमुख आधार नै बृक्षारोपण भएकोले हामी सवैले घर, आंगन लगायत खाली जग्गामा बृक्षारोपण गर्ने कार्यलाई आत्मसाथ गरी अगाडी बढ्न आग्रह गर्दै आफ्नो नगर÷टोल लाई सुरक्षीत तथा सफा हरावरा बनाउने दायित्व तहां बस्ने नागरीकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सक्दछौ ।
नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा ललितपुरनगरपालिकाका वडा १५ का वडा अध्यक्ष श्री सुर्दशन मिश्र र पूर्व सभासद श्री जनक चालिसेले वातवरण संरक्षण तथा बृक्षारोपण कार्यक्रमलाई कृषि विकास बैंकले पुराएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै किसिमका सहयोग पाउने अपेक्षा गर्दै बैंकको प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भयो ।
सो कार्यक्रमका बैंकका का.मु.उपमहाप्रबन्धकहरु श्री प्रताप सुवेदी, श्री यज्ञप्रकाश न्यौपाने,श्री धु्रवचन्द्र गौतम, श्री दिर्घ बहादुर अर्याल, कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक श्री करुणचन्द्र घिमिरे,श्री अनिल यादव,का.मु.मुख्य शाखा प्रबन्धक श्री माधव रिजाल, बैंकका प्रबक्ता श्री हिमलाल पौडेल, शाखा प्रबन्धक श्री जनार्दन न्यौपाने, श्री राजेन्द्र रानाभाट, प्रबन्धकहरु श्री राजुकार्की, श्री खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो ।
उक्त कार्यक्रमको संचालन का.मु शाखा प्रबन्धक श्री शालीकराम ढकालले गर्नु भएको थियो भने शाखा कार्यालय सातदोवाटोका प्रबन्धक श्री सुदन सिलवालले स्वागतमन्तव्य व्यक्त गर्नु भएको थियो ।