काठमाडौँ: दशैंको मुखमा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सार्वजनिक यातायातमा ठगि गर्ने, मापसे गरी गाडी चलाउने विरुद्ध प्रहरीले अभियान नै थालनी गरी विहिबार मात्र ११ व्यक्ति र थप ४ जना मापसे गर्ने चालकलाई पक्राउ गरेको छ।
यस्तो छ ट्राफिक प्रहरीको कावाही विवरण:
आज मिति २०७६ असोज १६ गते यस महानगरीय प्रहरी महाशाखाद्धारा सादा पोसाक प्रहरी खटाई चाबहिल र कोटेश्वर स्थित टिकट काउन्टरहरू अनुगमनका क्रममा बढी भाडा लिई टिकट काटिरहेका थप ११ जना नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, गौशाला र प्रभाग, कोटेश्वर बुझाईएको छ । यसअघि पनि ९ जनालाई नियन्त्रण लिएर कानुनी कारवाही गरिसकेको छ ।
मिति २०७६/०६/१६ गते चाबहिल स्थित टिकट काउन्टरबाट बढी भाडा असुल गर्ने ब्यक्तिहरुको नामावली विवरण
१. जिल्ला खोटाङ दिक्तेल गाउपालिका वडा नं. ७ बस्ने बर्ष २१ को दिनेश राउत ( हलेसी सिङदेवी यातायात प्रा.लि.।
२. जिल्ला खोटाङ हलेसी नगरपालिका वडा नं. १ बस्ने बर्ष ३२ को धनिन्द्र राई ( साझा खोटाङ यातायात प्रा.लि. ।
३. जिल्ला ओखलढुङ्गा सुनकोशी गाउँपालिका ७ बस्ने बर्ष १९ को राजु के.सी.( चंचलादेवी यातायात सुमो प्रा.लि ।
४. जिल्ला ओखलढुङ्गा सुनकोशी गाउँपालिका ८ बस्ने बर्ष २० को रबिन बस्नेत ( हलेशी सगरमाथा यातायात प्रा.लि ।
५. जिल्ला खोटाङ ऐसेलुखर्क गाउँपालिका २ बस्ने बर्ष २३ को साजन श्रेष्ठ ( नोबेल यातायात सुमो प्रा.लि.।
६. जिल्ला सोलुखुम्बु खुम्बुपासाङल्यामु गाउँपालिका १ बस्ने बर्ष ३१ को प्रकाश मगर ( गेट वे यातायात प्रा.लि. ।
७. जिल्ला खोटाङ हलेसीतुवाचुङ नगरपालिका ५ बस्ने बर्ष २५ को टेकेन्द्र राई (तुवाचुङमारातिका सुमो यातायात प्रा.लि.
८. जिल्ला उदयपुर कटारी नगरपालिका ७ बस्ने बर्ष २४ को अन्जन तामाङ – लोकप्रिय एसी हायस यातायात प्रा.लि. ।
९. जिल्ला खोटाङ हलेसीतुवाचुङ ७ बस्ने बर्ष ३० को डेगेन्द्र राई ( तुवाचुङमारातिका सुमो यातायात प्रा.लि. ।
मिति २०७६र०६र१६ गते कोटेश्वर स्थित टिकट काउन्टरबाट बढी भाडा असुल गर्ने ब्यक्तिहरुको नामावली विवरण
१. जिल्ला मोरङ उर्लाबारी नगरपालिक १० बस्ने बर्ष २१ को पूर्ण प्रसाद सिवाकोटी – सुनौलो ईन्द्रेणी यातायात सेवा प्रालि
२. जिल्ला उदयपुर त्रियुगा नगरपालिका १ बस्ने वर्ष ४० को बिर बहादुर चौलागाई ( उदयपुर यातायात प्रालि
२. मापसे गरी लामा दुरीका सार्वजनिक भाडाका बस चलाउने ४ जना चालक नियन्त्रणस्
आज मिति २०७६ असोज १६ गते मापसे चेकजाँच गर्ने क्रममा लामा दुरीका सार्वजनिक भाडाका बसमा मापसे गरी चलाउने ४ जना चालक नियन्त्रण लिइएको छ ।
मापसे गरी सवारी साधन चलाउनेको विवरण
क्र.स. पक्राउ स्थान चालकको नामथर ठेगाना चलाएको सवारी साधन
१. नयाँ बसपार्क रोशन वि.क.
( जिल्ला जाजरकोट बस्ने बर्ष २१) ना ५ ख १३२१ भाडा बस
( चल्ने रूट – काठमाडौ –सुर्खेत )
२. नयाँ बसपार्क शिवराज गिरी
( जिल्ला महोत्तरी बस्ने बर्ष ३७) ना ५ ख ७३६९
( चल्ने रूट – काठमाडौ – गौर )
३. नयाँ बसपार्क रितेश नेपाली
( जिल्ला मकवानपुर बस्ने बर्ष ३७) बा ३ ख ९०६० भाडा बस
( चल्ने रूट – काठमाडौ – बाग्लुङ )
४. नागढुङ्गा पुष्पराज वाग्ले
( जिल्ला चितवान बस्ने बर्ष ४७) बा ३ ख ७३१४ माईक्रो बस
( चल्ने रूट – काठमाडौ – चितवन )