काठमाडौं : कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकले मंसिरको दोश्रो सातादेखि ७ वर्षे एडिविएल कृषि बैंक ऋणपत्र २०८३ जारी गर्न लागेको जनाएको छ । १०.३५ प्रतिशत व्याजदरमा बैंकले ऋणपत्र जारी गर्न लागेको हो ।
यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्विकृतिका लागि पठाएको छ ।
ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिइसकेको छ । ऋणपत्र जारी गर्न लागि कृषि विकास बैंक र एनआइविएल एस क्यापिटलबीच सम्झौता भइसकेको छ ।
Facebook Comments Box