काठमाडौँ : मंसिर महिना सुरु भएसंगै सुनचादी पसलमा चहलपहल बढेको छ।
बजारमा अहिले सुनको भाउ ७१ हजार ४०० रहेको छ भने दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार हुन थालेको छ।
सुनचाँदीको व्यापार गत वर्ष यही महिनाको तुलनामा जस्तो उत्साहप्रद नभएको गुनासो ब्यक्त गर्दै ब्यापारी तेज रत्न शाक्यले भने, ‘सुनचादीको व्यापार अहिलेको समयमा सन्तोषजनक भएतापनि उत्साहजनक भने छैन। पोहोर साल मंसिर महिनामा दैनिक ४० देखि ४५ किलोको हाराहारीमा कारोबार हुने गरेको थियो तर यसपाली लगभग ४० प्रतिशतले गिरावट आएको छ ।’
बजारमा सुनको भाउ बढ्नुनै कारोबारमा गिरावट आउनुको प्रमुख कारण रहेको शाक्यले औलाए ।
नेपाली समाजमा लगनको महिनामा बढीमात्रामा सुनको कारोबार हुने गर्छ तर सुनको मूल्य आकाशिएको कारण सर्बसाधारणले कम मात्रा खरिद गर्ने गरेका छन ।