Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » घरबासको आकर्षण ‘लाठीनाच’

    घरबासको आकर्षण ‘लाठीनाच’

    पहिलोक्लिकपहिलोक्लिकDecember 8, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    कावासोती: नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच(लठ्ठीनाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।

     

    यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बन्ने गरेको छ । यहाँ सञ्चालित घरबासमा १५÷२० जनाको लाठीनाच देखाउने युवाको समूह नै छ । प्रायःजसो घरबासमा आउने पाहुनालाई युवाको समूहले लाठी नाच देखाउने गर्छ ।

     

    समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत घरबास पर्यटनले भूमिका खेलेको छ । सो समुदायको परम्परागत नृत्य पर्यटक आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । “हामीले लाठीनाच देखाउँदा पाहुनाहरुले रमाइलो मान्ने गर्नुभयो, स्वदेशी मात्र होइन विदेशी पाहुनाले समेत यो नाचमा आनन्द लिएको महसुस ग¥यौँ, यसले हामिलाई थप हौसला मिल्यो”, अमलटारी घरबास सांस्कृतिक समूहका सदस्य छन्नुराम महतोले भने, “त्यसपछि हामीसँगै नाच देखाउने अन्य धेरै समूह तयार भए ।”

     

    युवाहरु अहिले विभिन्न समूह निर्माण गरी घरबासमा आउने पाहुनालाई लाठीनाच प्रस्तुत मात्रै गर्दैनन्, जिल्लामा हुने अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुन्छन् । हेर्नका लागि निकै मनोरञ्जनात्मक हुने हँुदा अहिले जिल्लामा हुने अन्य धेरैजसो कार्यक्रममा लाठीनाच प्रस्तुत गर्ने गरिएको छ ।

     

    लाठीनाच थारु समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यम समेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी घरबासका व्यवस्थापक धनिराम गुरौंले बताए । घरबासमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारु, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमा समेत सहयोग पुगेको उनले बताए । सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा पनि लाठी नचाउने गरिन्छ ।

     

    झर्रानाचमा ठूला लठ्ठीको प्रयोग हुन्छ र बलपूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बाँसको लठ्ठी जुधाएर नचाउने गरिन्छ । लठ्ठीको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउँदा आवाज निस्कने गर्छ । ठूलाठूला मादल वा ढोलकको तालमा लठ्ठी जुधाउने गरिन्छ ।

     

    प्रायः थारु बस्ती जङ्गल छेउमा हुने हुँदा आफ्नो सुरक्षाका लागि लठ्ठीको प्रयोग गरिथ्यो । आफ्नो सुरक्षसहित जङ्गली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकामा सामान्य तरिकाले सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको हो ।

     

    पछि यो नाचका रुपमा विकास हुँदै गएको कावासोतीका थारु अगुवा गणेशमान महतोले बताए । उनका अनुसार पहिला रक्षात्मक रुपमा लठ्ठी चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रुपमा विकास भएको छ । ‘स्टिक डान्स’ बाट घरबासमा आउने पाहुनालाई मनोञ्जन प्रदान गर्नाका साथै आम्दानी र सस्कृतिको संरक्षणमा समेत टेवा पुगेको महतोले बताए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)

    October 15, 2026

    १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?

    October 14, 2026

    बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु

    September 18, 2026

    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो

    September 17, 2026

    जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?

    September 9, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.