काठमाडौं : नेपाल बंगलादेश बैंकको ५ प्रतिशन बोनस सेयरपछिको मूल्य समायोजन भएको छ ।
समायोजनपछिको मूल्य नेप्सेले १९५ रुपैयाँ २४ पैसा तोकेको छ । आज बिहीबार यही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।
बैंकले पुस ७ गते हुने साधारण सभाको लागि आज (मंसिर २६ गते) बुक क्लोज गरेको छ । तर्सथ, मंसिर २५ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले सभामा सहभागि र गत वर्षको नाफाबाट सञ्चलक समितिले प्रस्ताव गरेको लाभांश पाउने छन् ।
बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।