कााठमाडौं, मंसिर ८ । लगातारको उतारचढावबीच धितोपत्र बजारमा आज सकारात्मक संकेत देखिएको छ। साताको कारोबारका क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै २ हजार ६३८.९५ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक आज १५.३९ अंकले बढेको हो। बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गतिविधि देखिएको छ। दिनभर विभिन्न कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले राहत पाएका छन्। कुल १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८६ अंकले बढेर ४८२.३९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १.२५ अंकले बढेर १८३.८९ र सेन्सेटिभ फ्लोट सूचक १.५३ अंकले बढेर १६३.९५ विन्दुमा कायम भएको छ।
उपसमूहतर्फ पनि बजारमा सकारात्मक प्रभाव देखिएको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये ११ वटाको सूचक बढ्दा दुई उपसमूह मात्रै घटेका छन्।
आज एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटललगायतका कम्पनीका लगानीकर्ताले राम्रो कमाइ गरेका छन्। यता मानुषी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र ओममेगा श्रीलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।
समग्रमा आजको कारोबारमा बढ्ने कम्पनीको संख्या घट्नेको भन्दा बढी रहँदा नेप्सेमा सकारात्मक माहोल देखिएको छ।

