काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सो लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।
आर्थिक वर्ष २०७४र७५ को मुनाफबाट कम्पनीले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २३ करोड ४६ लाख ६४ हजार खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसा, प्रतिशेयर आम्दानी १२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.४५ गुणा कायम भएको थियो।
हाल हाइड्रोपावरको चुक्ता पूँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ। १० प्रतिशत बोनस शेयर वितरणपश्चात हाइड्रोपावरको चुक्ता पूँजी २ अर्ब ५५ करोड ३१ लाख पुग्नेछ।