काठमाडौं : निर्वाचन आयोगले माघ ९ मा तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकि दल दर्ता गर्न आह्वान गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २० मा सकिदै छ।
उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ ।
राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।