काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेकोे छ ।
कम्पनीको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको हो ।
अघिल्लो आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको कमाईबाट भने लाभांशदर बढाएको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले उक्त लाभांश वितरण गर्न पुस २४ गते साधारण सभा बोलाएको छ।
साधारण सभा युनाइटेड वल्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।