काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज शुक्रवार विहान बालुवाटारमा भेटवार्ता भएको हो ।
दुई अध्यक्षबीच संसद बैठक र संसदीय दलको बैठकका बारेमा छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।
नेताबीच संसदको हिउँदे अधिवेशन, स्थायी समिति बैठकमा सदस्यहरुले उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ ।
यसैबीच आजै संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ ।
संसदीय दलको बैठक दिउँसो नयाँ बानेश्वरमा बस्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
बैठकमा नेताहरुले सांसदहरुलाई ब्रिफिङ गर्नेछन् ।