काठमाडौँ: सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको छ।
उनका अनुसार मङ्गलबारमात्र एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा जम्मा भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले एक करोड, लाइफ इन्स्योरेन्सले ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले ६ लाख ३५ हजार ४४०, बुडिनन्द नगरपालिकाले दुई लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट एक लाख ४६ हजार ३१६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक लाख १९ हजार ४९८ सहयोग प्राप्त भएको छ।