एजेन्सी: – चीनमा पछिल्लो एक हप्तादेखि कोरोनाभाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
– दक्षिण कोरियाली सरकारले आफूले हरेक घरलाई रकम उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि यो योजना मध्यम वर्गीय र निम्न आय भएकाहरुका लागि बनाइएको थियो ।
– कोरोना भाइरसका कारण जापानमा मन्दी आउन सक्छ । कोरोनाभाइरसका कारण अर्थव्यवस्थामा खराब असर परेका करण यो चेतावनी जारी गरिएको हो ।
– इन्डोनेशियाले आज शुक्रबारदेखि घरेलु हवाई सेवा र समुद्री यात्रामा रोक लगाउनेछ । रमजानको महिनालाई दृष्टिगत गर्दै यो प्रतिबन्ध लगाइनेछ ।
– फिलिपिन्सले मनिलासमेत ती सबै स्थानको लकडाउनलाई १५ मेसम्म बढाएको छ जहाँ कोरोनाभाइरसको संक्रमणको खतरा अत्यधिक छ ।
– मलेसियाले लकडाउनका धेरैजसो प्रतिबन्धलाई १२ मे सम्मका लागि लागू गर्नेछ ।