काठमाडौँ: कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।
सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो ।
लक डाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए । लक डाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । ।
समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।