वीरेन्द्रनगर: वीरेन्द्रनगर खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका करिब डेढ सय जनाको थ्रोट स्वाब परीक्षण ‘नेगेटिभ’ देखिएपछि उनीहरूलाई आइतबार घर पठाउन लागिएको छ।
क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि १ सय ३४ जनालाई घर पठाउन लागिएको हो।
नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनबाट जाजरकोटका ३०, दैलेखका ५२, मुगुका ३२ सुर्खेत पश्चिमका १३ र वीरेन्द्रनगरपालिका भित्रका ९ जनालाई घर पठाउन लागिएको क्वारेन्टाइन ब्यवस्थापन समितिले जनाएको छ। सुर्खेबाट बाहिरी जिल्लामा जानेका लागि २ बस, २ फोर्स गाडी र २ जीपको व्यवस्था गरिएको छ।
खुलामञ्चको क्वारेन्टाइनमै रहेका ५५ जनालाई बिहीबार नै घर पठाइएको समितिले जनाएको छ।