काठमाडौँ: संविधान संशोधन गर्दा आफ्ना पनि माग सम्बोधन गर्नुपर्ने बताउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु आफ्नो तर्फबाट छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन सिंहदरबार पुगेका छन्।
संविधानमा आफ्ना मागहरु समेटेर नौं बुँदे संशोधन गर्नुपर्ने भन्दै गैरसरकारी विधेयकको रुपमा दर्ता गर्न आइतबार दिउँसो राजपाका नेताहरु संघीय संसद सिंहदरबार पुगेका हुन्।
शुक्रबार पनि विधेयक दर्ता गराउन गएका राजपाका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले त्यसबारे सभामुखसँग सल्लाह गर्नुपर्ने भन्दै फिर्ता पठाएर आइतबारका लागि बोलाएका थिए।
Facebook Comments Box