बाँके: बाँकेमा भएको दुर्घटनामा ज्यान गुमाएका तथा घाइते सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ।
भेरी अस्पतालले दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
थापाले भने, ‘उहाँहरुको आज बिहान १० बजे नै स्वाब संकलन गरेर प्रयोगशालमा पठाइएको थियो । उहाँहरु सबैको रिपोर्ट नगेटिभ आएको हो । १२ जना मृतक र २१ जना घाइतेको नै रिपोर्ट नगेटिभ आएको छ ।’
दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।
मृतक सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । भारतका विभिन्न शहरमा काम गर्न गएका उनीहरु कोरोना संक्रमणको अवस्थामा नेपाल आएका थिए ।
नेपालगञ्ज जमुनाहा नाकाबाट नेपाल भित्राइएको उनीहरु गृह जिल्ला जान हिडेको गाडी दुर्घटनामा परेको हो ।