हेटौंडा: बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछि शुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
Facebook Comments Box