काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको समस्या समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ ।
तर अपेक्षाकृत पार्टीका तमाम समस्या सम्बोधन गर्नेभन्दा पनि झिनामसिना कुरालाई समेटेर कार्यदलले औपचारिकता पूरा गर्दै प्रतिवेदन बुझाउन लागेको स्रोतले बताएको छ ।
‘शुक्रबार बेलुकासम्म सम्भव भए शुक्रबारै र नभए भोलिसम्ममा प्रतिवेदन अध्यक्षलाई बुझाउछौँ,’ कार्यदलका एक सदस्यले भने, ‘आजै बुझाउने भनिएको थियो तर एक सदस्य काठमाडौँ बाहिर जानुभएको छ । आज उहाँ कतिबेला आउनुहुन्छ बैठक बस्न सम्भव नहुन पनि सक्छ । त्यसैले शनिबारसम्ममा प्रतिवेदन बुझाउने तयारी छ ।’
कार्यदलको बैठक शुक्रबार बसेर शुक्रबारै प्रतिवेदन बुझाउने तयारी भए पनि एक कार्यदल