काठमाडौं: ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालले सञ्चालन गरेको टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आईएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।
Facebook Comments Box