काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडादर बढाएका छन्।
१२ दिनअघि निगमले इन्धनमा मूल्यवृद्धि गरेसँगै अधिकतम ९० रुपैयाँ सरचार्ज निर्धारण गरिएकोमा बुधबारदेखि सरचार्ज ९७ रुपैयाँ कायम हुने वायुसेवा कम्पनीले जनाएका छन्। सरचार्ज १० रुपैयाँभन्दा बढीले वृद्धि भएको अवस्थामा यो समयमा व्यवसाय गर्न कठिन भएको एक व्यवसायीले बताए।
‘१० रुपैयाँसम्म वृद्धि हुँदा खासै प्रभाव नपर्ला। अहिले त हामीले व्यवसायलाई पिक अप दिनका लागि सस्तो भाडादर निर्धारण गर्दै सेवा दिँदै आएका छौं। तर १० रुपैयाँबाट उँभो लागेको अवस्थामा सेवा प्रदायक र सेवाग्र ही दुवै मर्कामा पर्ने देखिएको छ,’ उनले भने।