काठमाडौँ: महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफुलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् ।
महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरे ।
डा.महत र केसीले शुक्रबारको छलफल अघि नै काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन गरे आफ म सभापतिको दावेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनीहरुले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गरे ।