काठमाडौँ:
सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर सेयर खरिदसम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई गत मंसिर ३० मा बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा गत माघ ११ देखि मात्र उपस्थिति रहेको महासंघले स्पष्ट पारेको छ।
उनीसँग उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नुअगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७÷०८÷१४ मा) गरिएको सेयर कारोबारकोे विषयलाई जोडिएकोमा महासंघले ध्यानाकर्षण गरेको हो।