काठमाडौँ:
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले जानकारी दिए ।
एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए । केही दिनअघि गौतमले रातोपाटीमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।
Facebook Comments Box