काठमाडौँ:
भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमसेर राणाको निधन भएको छ। राणाको ८५ वर्षको उमेरमा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मिर्गौलाका बिरामी राणा लामो सयमदेखि उपचारको क्रममा थिए। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित डाइलाइसिस गराउँदै आएका थिए। उनी भारतीय संयुक्त लगानीमा रहेको डावर नेपालका प्रवन्ध निर्देशकसमेत थिए।
राणा नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेरका कान्छा छोरा हुन्। सन् २००९ देखि २०११ सम्म उनी भारतको राजदूत बनेका थिए।
ad
उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दुईपटक सदस्यसचिवको जिम्मेबारीमा रहेर समेत काम गरेका थिए।
Facebook Comments Box