काठमाडौँ: सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङ क्रुर हत्या काण्डको घटना भएको ५ दिनपछि पर्दाफास भएको छ । हत्या आरोपमा कार्की परिवारकै भतिजो पर्ने लोक बहादुर कार्की पक्राउ परेका छन्। उनले हत्याको स्वीकारोक्ती समेत प्रहरीसमक्ष गरेका छन् ।
२६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।
‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने – ‘तर, आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको छ ।’
भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । उनले प्रहरीलाई काका तेजबहादुरको सधैको हेपाहा र अरुलाई तल देखाउने प्रवृत्तिले गर्दा हत्या गर्नु परेको बयान दिएका छन् ।