Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अपेक्षाअनुसार मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

    अपेक्षाअनुसार मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

    पहिलोक्लिकपहिलोक्लिकFebruary 12, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ । परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले गरेको अपेक्षाअनुसार मौद्रिक नीतिका व्यवस्थाहरु आउन नसकेको बताएको हो ।

    ‘निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदर आदिका कारण बजार अपेक्षित चलायमान हुन नसकी उद्योगी व्यवसायीको आत्मबल कमजोर भएको समयमा राष्ट्र बैंकबाट ब्याजदरमा कमी ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीति आउने सबैको अपेक्षा थियो । अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरूप उच्च गर्न नसकेको हामीले महशुस गरेका छौंँ’, विज्ञप्तिमा भनिएको छ ।

    यद्यपि, मौद्रिक नीतिको समीक्षाले साना तथा मझौला उद्योगलाई भने केही हौसला दिन खोजेको परिसङ्घको भनाइ छ । गत पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको रू दुई करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न दिने व्यवस्था सकारात्मक रहेको परिसङ्घको भनाइ छ । साथै सबै ऋणीको कर्जा पुनःसंरचना र पुनर्तालिकीकरण गरिनुपर्ने सुझाव दिएको छ ।

    ‘लामो समय देखिको विषम परिस्थिति, बजारको चर्को ब्याजदर, घट्दो बजार मागलगायत कारणले वित्तीय असन्तुलन भई कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न नसकिरहेका सम्पूर्ण उद्योग व्यवसायलाई आगामी असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न दिनुपर्ने छ’, परिसङ्घले विज्ञप्तिमार्फत् भनेको छ । यो विषयलाई राष्ट्र बैंकले आगामी निर्देशनबाट सम्बोधन गर्नुपर्ने मागसमेत गरेको छ ।

    राष्ट्र बैंकले दैनिक तरलता सुविधा अन्तर्गत ओभरनाइट तरलता सुविधा एक दशमलव पाँच प्रतिशत बिन्दुले कम गरेकामा यसले मुद्रा बजारको ब्याजदरमा केही कमी ल्याउन सहयोग गर्ने परिसङ्घको बुझाइ छ ।

    त्यस्तै, कर्जाको वर्गीकरणमा पुनरावलोकन गर्न र पुँजी सिर्जना गर्ने क्षेत्रमा लगानी बढाउनका लागि केही महत्वपूर्ण व्यवस्था गर्न आवश्यक रहेको परिसङ्घले जनाएको छ । बजारलाई चलायमान बनाइ पुँजीको सिर्जना गर्न साना, मझौलालगायत ठूला उद्योगमा कर्जाको सहज प्रवाह, पुँजी बजार, कमर्सियल हाउजिङ्ग तथा अपार्टमेन्टमा लगानी सहज बनाउन तथा विभिन्न लगानीमा एक सय ५० प्रतिशतसम्म जोखिम कम गर्नुपर्नेलगायतका विषयमा राष्ट्र बैंकले पुरानै प्रावधान कायम राखेको छ ।

    अर्धवार्षिक समीक्षा पश्चात् आउने निर्देशनमा उल्लेखित विषयसमेत सम्बोधन गर्न परिसङ्घ पुनः नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

    Facebook Comments Box

    मौद्रिक नीति
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    कहाँ छन् जेन-जी आन्दोलनमा सम्पर्कबिहीन भनिएका २० युवाहरु?, अभिभाकहरुद्वारा सार्वजनिक गर्न माग

    September 9, 2025

    आरजु राना देउवाको युलेन्स स्कुलमा आगजनी

    September 9, 2025

    मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक: नेपाल चेम्बर

    July 14, 2025

    राष्ट्र बैंकले ल्यायो सजगतापूर्वक लचिलो कार्यदिशा सहितको मौद्रिक नीति, ब्याजदर करिडोरका सबै दर घटे

    July 11, 2025

    विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

    July 11, 2025

    कामीरिताले ३१ औं पटक सगरमाथा आरोहण गरेर राखे विश्व रेकर्ड

    May 27, 2025
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.