काठमाडौँ:
संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक संयुक्त रूपमा बसेको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
संसदीय समितिको नेतृत्व बाँडफाँटमा प्रमुख दलबीच सहमति हुन सकेको छैन। त्यस्तै टिआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन।
बैठकमा शीर्ष नेताहरूसँगै कांग्रेसका प्रमुख सचेतक उपस्थित छन्।
Facebook Comments Box
