Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » टोपबहादुरले संलग्नता अस्वीकार गर्दै भने : छोराले लिएको चेक साटिएको छैन, कानुनलाई सहयोग गर्छु

    टोपबहादुरले संलग्नता अस्वीकार गर्दै भने : छोराले लिएको चेक साटिएको छैन, कानुनलाई सहयोग गर्छु

    पहिलोक्लिकपहिलोक्लिकMay 3, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ:
    नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

    पक्राउ पुर्जी जारी भएपछि बुधबार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकाहरुसँग बोल्नै उनले यस्तो बताएका हुन्।

    ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता छैन।’

    बरु उनले आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको बताए। ‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ’, उनले भने, ‘भुटानी शरणार्थीहरुलाई दीर्घकालीन समस्या हल गर्ज रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको थियो।’

    एमाले सचिव टोपबहादुर रायमाझी र छोराविरुद्ध पक्राउ पुर्जी

    उनले ५ करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएकोबाहेक अरु कुनै साइनो नरहेको पनि बताएका छन्।

    ‘मैले दुईजना मान्छेलाई चिन्थेँ। घुम्न जाने नाममा गएका हौँ। ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ। त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो। चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन।’

    उनले उक्त चेक अहिलेसम्म नसाटिएको पनि बताए। ‘मेरो छोराको नाममा लिएको चेक अहिलेसम्म साटिएको छैन’, उनले भने, ‘म मन्त्री हुँदा मेरो नाममा सरकारले खाता खोलिदिएको थियो। त्यही एभरेस्ट बैंकको खाता चलाइरहेको छु। अरु कुनै खाता पनि मसँग छैन।’

    उनले पक्राउ पुर्जी जारी गरेको विषयमा आश्चर्य व्यक्त गरे । ‘यो सुनेर मलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘म अब काठमाडौं काठमाडौं जाँदैछु, थप कुरा बुझेर भनौँला, मेरोतर्फबाट कानुनलाई पूरा सहयोग हुन्छ।’

    Facebook Comments Box

    टोपबहादुर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह

    October 16, 2026

    लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी

    October 16, 2026

    फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)

    October 15, 2026

    १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?

    October 14, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.