काठमाडौँ: यातायात व्यवसायीले दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।
दशैँ लगत्तै भाडा समायोजन गर्ने र रोक्का भएका बैंक खाता खोल्न सम्बन्धित निकायलाई यातायात व्यवस्था विभागले पत्राचार गरेर पहल गर्ने सहमति भएसँगै यातायात व्यवसायी अग्रिम टिकट बुकिङ गर्न सहमत भएको एक व्यवसायीले बताए ।
व्यवसायी र सरकारबिच असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने तयारी छ ।
उनले सरकार माग पुरा गर्न प्रतिवद्ध देखिएका कारण सहमति भएको बताए । दशैंमा उपत्यकाका ७० देखि ८० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् ।