घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।
पहिलो खेलका मुख्य प्रशिक्षक जगत टमाटाले कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी बेन्चमा छन्।
देव खनाल, अनिल शाह र आकाश चन्द टोलीमा आएका छन्। क्यानडासँगको दोस्रो खेलमा आकाश चन्दले डेब्यु गर्ने भएका छन्।
आईसीसी यू-१९ विश्वकपको एकै खेलमा ५ विकेट लिर्दै आकाशले सनसनी मच्चाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको नेपाल लगातार दोस्रो खेल पनि जितेर सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
