काठमाडौँ: सेयर बजार पछिल्लो ६ कारोबार दिनदेखि ओरालो गतिमा रहेको छ । फागुन १३ गते आइतबार २६.८१ अंकले घटेसँगै बजार मापक नेप्से १९७९.०२ अंकमा झरेको छ । यसबीचको ६ कारोबार दिनमा नेप्से ९७.४६ अंकले घटेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.७४ अंक, फ्लोट इण्डेक्स १.९२ अंक, सेन्सेटिभ इण्डेक्स २.०४ अंक घटेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये २ ओटा बढ्दा ११ ओटा घटेको छ । फाइनान्स १.४० प्रतिशतले बढेको हो भने उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ०.८० प्रतिशतले बढेको हो । जलविद्युत २.४२ प्रतिशत, बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटनमुलक, लगानी, लघुवित्त, अन्य र ब्यापारको इन्डेक्स पनि एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आइतबार ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर ७१ हजार ८८० ओटा संख्याबाट ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार ३०९ कम्पनीको ९५ लाख १८ हजार कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । बजार ओरालो लागेपछि अघिल्लो दिनको तुलनामा आज दैनिक कारोबार रकम ११ करोड ९२ लाख रुपैयाँले घटेको हो । आइतबार कारोबारमा आएका ३१७ कम्पनी मध्ये ६४ ओटाको सेयर मूल्य बढेको छ भने २४२ ओटाको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट २३.८०% बोनस सेयर वितरणको प्रस्ताव गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । कम्पनीको २५ करोड १८ लाख १२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै जोशी हाइड्रोपावरको ११ करोड ३ लाख, हिमालयन रि इन्स्योरेन्सको ११ करोड १ लाख, गोर्खाज फाइनान्सको १० करोड ७५ लाख र ङादी ग्रुप पावरको ८ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
