काठमाडौं: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । जसअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ, डिजेल तथा मट्टीतेलको १५५.५० रुपैयाँ पर्नेछ । यस्तै, सर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेल तथा मट्टीतेलको १५७ रुपैयाँ पर्ने निगमको भनाइ छ ।
