काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् । उनको अनुसार, आँखा, टाउको, नाकमा चोट लागेको, ढाँडको एउटा हड्डी भाँचिएको र करङको ३ वटा हड्डी भाँचिएकोसमेत अस्पतालले जनाएको छ।

Facebook Comments Box
