काठमाडौँ: सहकारीपीडितले रत्नपार्क र टुँडिखेलमा बिहीबार मानव साङ्लो प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा रत्नपार्क तथा टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको हो ।
विभिन्न चरणका आन्दोलनमा गरिएको सहमतिअनुसार पीडितले पैसा नपाएको भन्दै सहकारीपीडित प्रदर्शनमा उत्रिएका हुन् । सरकार मुकदर्शक र संवेदनहीन देखिएको पनि उनीहरूको आरोप छ ।
Facebook Comments Box