काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
यतिबेला (सोमबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागकाे माैसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।
बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। कोसी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसाे सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोसी र बागमती प्रदेशका एकदुई स्थानमा दिउँसाे भारी वर्षाको पनि सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली रहने विभागको अनुमान छ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
