काठमाडौँ :नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ ।
हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुन: सञ्चालन गर्न लागेको हो ।
यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ ।
हाम्रो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट (GSA_) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छौँ ।
सुरुवातमा, हामी काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछौँ, र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएका छौँ । काठमाडौँ–कुवेत उडान (H9 571), काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौँ उडान (H9 572), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्नेछ ।
हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध छ र काठमाडौँ–कुवेत मार्गमा उडान पुनःस्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण हो । हामी हाम्रा यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर छौँ ।
Trending
- नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखानामा अर्थमन्त्री: निर्मातालाई सन्देश—अघि बढ्नुहोस्, सरकार साथमा छ
- उपत्यकामा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण हुने
- नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
- मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र
- अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
- रोपाइँ सकिँदासमेत मल अभाव, सरकारलाई तत्काल आपूर्ति सुनिश्चित गर्न प्रचण्डको आग्रह
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै
- सुनको मूल्य फेरि ३ लाख माथि उक्लियो, तोलामै एकैदिन ४ हजार ८ सय रुपैयाँ बढ्यो
