काठमाडौँ :नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ ।
हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुन: सञ्चालन गर्न लागेको हो ।
यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ ।
हाम्रो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट (GSA_) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छौँ ।
सुरुवातमा, हामी काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछौँ, र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएका छौँ । काठमाडौँ–कुवेत उडान (H9 571), काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौँ उडान (H9 572), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्नेछ ।
हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध छ र काठमाडौँ–कुवेत मार्गमा उडान पुनःस्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण हो । हामी हाम्रा यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर छौँ ।
Trending
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
