काठमाडौँ:
राष्ट्रसंघको महासभामा भाग लिन पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमेरिकामा बसोबास गर्ने केहि नेपाली समुदायले नारावाजी तथा प्रदर्शन गरेका छन् ।न्यूयोर्कमा प्रधानमन्त्री ओलीका लागि आयोजित नेपाली कार्यक्रम तथा सभामा उपस्थित केहि गैर नेपाली युवाहरुले उहाँविरुद्ध नारावाजी गरेका हुन्।
त्यहाँस्थित नेपाली दूतावासले पनि प्रमका लागि भनेर आयोजित केहि सार्वजनिक ठाउँमा राखिएका कार्यक्रम स्थागन गर्न भन्दै सुचना जारी गरिएको छ । सुरक्षाको कारणभन्दै त्यस्ता कार्यक्रमहरु अहिले अमेरिकामा स्थगन भइरहेका छन् ।
नारावाजी हुनुको कारण नेपालमा प्रहरीले हिजो आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न गरिएको प्रयासलाई लिएर गरिएको बुझिएको छ।
लामिछाने सहकारी छानविन समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार गृहमन्त्री रमेश लेखकले हिजो नै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई प्रतिवेदनको सुझाव लागु गर्न आदेश दिएसंगै लामिछाने पक्राउ पर्ने सम्भावना आज सोमबार पनि उत्तिकै प्रवल छ । लामिछानेका समर्थाले आइतबार रातभर उनलाई सुरक्षा दिएर बसेका छन् भने उनको पक्षमा नारा लगाइरहेका छन् ।
*यसअघिको समाचार शिर्षक सच्याइएको छ ।

