काठमाडौँ: नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ।
डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो।
नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रसाद ओझाले सडकको पहिरो सबै फालिएको बताए।
उनले भने, ‘पहिरो पन्छाउने काम सकिएको छ। बीचमा बसहरुले बाटो छेकेका थिए। तिनलाई काठमाडौंबाट क्रेन लगेर सारिएको छ।’
योसँगै दुई दिनयता पहिरोले अवरुद्ध सडक समेत खुल्ला भएको छ।
Facebook Comments Box
