काठमाडौँ: नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ।
आज बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ, यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।
ट्वीनअटर जहाजले कहिलेकाहिँ लुक्लामा उडान गर्दथ्यो, तर आज हामीले वाई-१२ जहाजबाट कमर्सियल उडान गर्यौं, उनले भने ।
निगम सँग भएको दुईवटा १७ सीटे वाइ १२-इ जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर (कल साइन ९ एन-एबीयु) जहाजले एउटा उडान गर्ने उनले जानकारी दिए। ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको उनले बताए।
चिनियाँ जहाजबाट एउटा सेडुल फ्लाइट र दुईवटा चार्टर फ्लाइट गर्ने योजना रहेको उनले जानकारी दिए। आइतबारसम्मका लागि टिकट बुकिङ भइसकेको उनले बताए।