काठमाडौँ: कारोवार अन्तिम समयमा आएर नेप्सेमा सामान्य सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) शुन्य दशमलब ४० अंकले बढेर एक हजार २१८ दशमलब ३३ अंकमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार नेप्से २ दशमलब ५९ अंकले घटेको थियो भने आइतबार १३ दशमलब ०१ अंकले घटेको नेप्से सोमबार ६ दशमलब १६ अंकले बढेको थियो ।
नेप्सेमा सामान्य सूधार आएपनि कारोवार रकम घट्दा शेयर बजारका लगानीकर्ताहरु निराश भएका छन् ।
आजको कारोवारमा बाणिज्य बैंक तथा उत्पादन मूलक समूह बहेको सबै समूहको परिसूचक घटेको छ ।
सबै भन्दा बढी निर्जिवन बीमा ५ दशमलब ०९ अंक र जीबन बीमा समूहको परिसूचक १ दशमलब १८ अंक घटेको थियो भने होटल ६ दशमलब ७३ अंक, विकास बैंक ३ दशमलब८ अंक, जलबिधुत ३ दशमलब ७३ अंकले घटेको छ ।
त्यसैगरि, बित्त २ दशमलब २२ अंक र लघुवित्त ५ दशमलब ४८ अंकले घटेको छ ।
यधपी, बाणिज्य बैंक २ दशमलब ३८ अंक र उत्पादन मूलक समूहको परिसूचक ६ दशमलब १५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ५३२ कारोबारबाट २२ करोड ६५ लाख २४ हजार ६४७ रुपैयाँ बराबरका ८ लाख ५६ हजार १८७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मंगलबार नेप्सेमा १६० कम्पनीहरुको ६ हजार १७४ कारोबारबाट ३४ करोड ३२ लाख ९४ हजार ४३० रुपैयाँ बराबरका १० लाख १८ हजार ०७९ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।