काठमाडौँ: सोमबार बिहान अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
केहीबेरअघि दाहालले प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था बुझेको दाहालको सचिवालयले जनाएको छ।
यसअघि खोकी बढेपछि सोमबार बिहान सवा तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो।
अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।
प्रधानमन्त्री ओली केही दिन यता बिरामी परेका थिए। स्वास्थ्यका कारण उनी शनिबार पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन्।