काठमाडौँ: प्रधानमन्त्री केपी ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि आज बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ ।