काठमाडौँ: गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०७५ कार्तिक १५ देखि १८ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।
प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्न लागेको हो ।
तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोगको एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।
पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा गरिएको छ ।
गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन ।
३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा आयेजकले गरेको छ ।
नेपाली पुष्प व्यवसाय आ.ब. २०७४÷७५ सम्म आई पुग्दा लगभग ६९७ पुष्प व्यवसायीहरु पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ ।
हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ४३,५०० भन्दा बढि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराई रहेको, यस व्यवसायले आ.ब. २०७४÷७५ मा जम्मा १ अर्व ८६.७१९९ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।
आ.ब.२०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ २ करोड ३७ लाख रुपैयाँ भएको छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको छ ।