Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। ‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’ प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको हिजो कोरोना जाँच गरिएको थियो।
काठमाडौँ: प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जनालाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले थप १० जनामा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए। योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ। नयाँ थपिएका संक्रमितहरू पनि कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको हो। उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले जनाएका छन्। मुख्यालयमा सुरूमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा संख्या बढ्दै गएको छ। देशभर कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या भने २ सय पुगेको छ।…
भक्तपुर : चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए…
काठमाडौं: पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य बिहिबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन तोलाको एक लाख दुई हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनको मूल्य एक हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै, चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १३ सय ४५ पुगेको महासंघले जनाएको छ ।
सिरहा : सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसँग आग्रह गरेको छ । यसैबीच कोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जीत्न सफल भएका छन् । होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधि लयमा नफर्कँदा वित्तीय प्रणालीमा २ खर्ब बढी अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने लागेको हो। केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बिहीबार २० अर्ब रुपैयाँ खिच्न लागेको हो । गत साता मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिचेको थियो । सो रिभर्स रिपो समेत परिपक्क भएपछि वित्तीय प्रणालीको अधिक तरलता बढेर २ खर्ब भन्दा माथि पुगेको हो । यो समेत गरेर राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता तेस्रो पटक रिपोर्स रिपो जारी गरेको हो । यसअघि…
जनकपुर: प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री यादवले जानकारी दिए। साउन १८ गते काठमाडौंबाट फर्केका मन्त्री यादवले १९ गते स्वाब दिएका थिए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताए। ‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ, सर्तकता अपनाई यससँग लड्ने छु,’ उनले बताए। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल गरेका छन्। उनी अहिले सरकारी निवासममै सेल्फ क्वारेन्टिनमा छन्। प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण…
काठमाडौं: समाज लघुबित्तको आइपिओलाई बोर्डले दियो स्वीकृत नेपाल धितोपत्र बोर्डले समाज लघुवित्तलाई आईपिओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ८६ हजार कित्ता आईपिओ निष्कासनको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्कासनको अनुमति दिएको छ । प्रदेश नं २ को सर्लाहीमा रहेको लघुवित्तले आईपिओ निष्कासनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक नियुक्त गरेको जनाएको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छन् । बुधबार साझ ८ बजेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ । बुधबार दिउँसो पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएका थिए । पछिल्लो पटक नेकपा भित्रको राजनीतिक खिचातानी झनै पेचिलो भन्दै गैइरहेको छ।
