Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ। एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्। पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको समेत उनले बताए। पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको स्रोतले बतायो। शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए। फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको…

Read More

भक्तपुर: भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन्। उनीहरूलाई भक्तपुरस्थित डा. ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ। घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्। यस्तै…

Read More

चितवन: तोकिएको समयभन्दा करिब दुई वर्षपछि विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखिसुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु गरिँदै छ । वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बरालले जानकारी दिए । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् । भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ । सो कार्यक्रममा भण्डारी नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम…

Read More

काठमाडौं: बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण सुरु भएको छ । विद्युत उत्पादन सुरु गर्नुअघि कुनै समस्या भए/नभएको पहिचान गर्न आइतबारबाट पोखरीमा पानी भरेर परीक्षण सुरु गरिएको हो । अबको १ सातासम्म पोखरीमा पानी भरेर परीक्षण गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘बिहानैदेखि तामाकोसी नदीको पानी पोखरीमा जम्मा गरिरहेका छौं,’ उनले भने, ‘ पोखरी पूर्णरूपमा भरिन ४/५ दिन लाग्छ । पोखरी भरेर परीक्षण गरेपछि समस्या भए/नभएको थाहा हुनेछ ।’ तामाकोसी नदीको पानी यही पोखरीमा थिग्राएर मुख्य सुरुङ हुँदै विद्युतगृहमा लगेर खसाली विद्युत उत्पादन सुरु गरिनेछ । सबै संरचनाको परीक्षण…

Read More

काठमाडौँ: कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगलाई सरकारले बिजुलीको डिमान्ड शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल तथा रेस्टुरेन्ट उद्योगलाई लकडाउन अवधिको विद्युतको डिमान्डशुल्क शतप्रतिशत छुट गर्ने निर्णय भएको जानकारी दिएका हुन्। २०७६ चैत ९ देखि २०७७ को माघसम्म डिमान्ड शुल्क छुट दिने सरकारले निर्णय गरेको छ। उत्पादनमुलक उद्योगहरुलाई सरकारले यसअघि नै यस्तो छुट दिने निर्णय गरिसकेको थियो। होटल तथा पर्यटन व्यवसायीहरुले भने छुट पाउनुपर्ने माग गर्दै आएका थिए। मन्त्री गुरुङले दिएको जानकारीअनुसार होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि गएको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिटसँग कुनै पनि वित्तीय कारोबार नगर्न बैंक वित्तीय संस्था रेमिट कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीले रेमिट कारोबारमा नेपाली पर्टिप्रति इमान्दार नभएपछि केन्द्रीय बैंकले कारोबार नगर्न भनेको हो । केन्द्रीय बैंकले सुचना जारी गर्दै कम्पनीले कम्पनी बाँकी कारोबार छ भने भुक्तानी लिन भन्दै आगामी दिनमा थप कारोबार नगर्न भनेको छ । एम एण्ड एम रेमिटसँग सहकार्य गरी विप्रेषण कारोबार नगर्न र गरेकाले रकम लिनु पर्ने भए उठाउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

Read More

काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक गोल फर्काए । यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् । मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जितसँगै बार्सिलोना २८ खेलमा ६२…

Read More

काठमाडौँ: राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बंगलादेश जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन । उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको…

Read More

काठमाडौँ: सरकारले छिमेकी देश भारतमा कोरोना संक्रमण बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै सभा, जुलुस, र्‍यालीलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै भीडभाड हुने गतिविधि नगर्न र दूरी कायम गर्न अनुरोध गरेको हो। मन्त्रालयले मास्कको प्रयोग अनिवार्य गर्न, साबुन पानिले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ। ‘विगत केही हप्तादेखि विश्व्भरि खासगरी छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा देखिएको छ’, प्रवक्ता प्राडा जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा,…

Read More