Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सो समाचार आजको कान्तिपुर दैनिकमा जगदिश्वर पाण्डेले लेखेका हुन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि…

Read More

काठमाडौँ: संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ। राष्ट्रसंघको मुख्यालयमा गएराति भएको निर्वाचनमा नेपाल पुन: ३ वर्षका लागि सदस्यमा निर्वाचित भएको हो। सन् २०२१- ०२३ सम्मका लागि नेपाल निर्वाचित भएको हो। यसअघि सन् २०१८-०२० का लागि नेपाल निर्वाचित भएको थियो। एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्। गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र…

Read More

काठमाडौँ: चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २९ औं खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ। चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनमात्र जोड्न सक्यो। हैदराबादका केन विलियम्सनले सर्वाधिक ५७ रन जोडे पनि जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टो २३ रन आउट भए। चेन्नईका करण शर्मा र ड्वेन ब्राभोले समान २ विकेट झारे। शार्दुल ठाकुर, रवीन्द्र जडेजा र साम करनले एक–एक विकेट लिए। त्यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको…

Read More

काठमाडौँ: कोरोना संक्रमणको कारण तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका- ६ का धर्मकुमार श्रेष्ठ र उनका दुई छोराको एक साताको अन्तरमा संक्रमणबाट मृत्यु भएको हो। १८ असोजमा ७१ वर्षका विष्णुकुमार श्रेष्ठ, २४ मा उनका दाजु ७४ वर्षका कृष्णकुमार र २५ असोजमा बाबु ९८ वर्षीय धर्मकुमारको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मृतक धर्मकुमारका ज्वाइँ शंकनारायण श्रेष्ठका अनुसार एक जनाको चितवनमा र बाँकी दुई जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। कोरोना संक्रमणको कारण परिवारका अन्य दुई जना सिकिस्त छन्। उनीहरुको काठमाडौंमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। विष्णुकुमारको १८ असोजमा…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस (कोभिड–१९) परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले कोरोनाको परीक्षण तत्कालै गराउन सहयोग पुुग्नेछ । ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा चौथो संशोधन गर्दैै यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । यसको अधिकतम मूल्य हाल एक हजार रुपियाँ तोकिएको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले एन्टिजेनको किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिमको ‘बायोसेफ्टी क्याबिनेट’ तथा अन्य सुरक्षा विधि पालना गर्नुपर्ने…

Read More

काठमाडौँ: चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षको अवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकम संगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ (इ–कमर्स ) को प्रारम्भ भएको छ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरबाट सोचेको डट कमसंगको सहकार्यमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुको अनलाईन ई कमर्सको माध्यमद्धारा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले स्थापित उक्त अनलाइन ट्रेडिङको उद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका हुन् । अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको बिकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक भएको बताए । प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला…

Read More

काठमाडौं: राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नहुँदसम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको हो । समिति सभापति रामनारायण बिडारीले कित्ताकाटसम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा नगर्न निर्देशन दिएका हुन् । मंगलबार सोबारे छलफलका लागि मन्त्री पद्मा अर्याललाई समितिले बोलाएको थियो । सो क्रममा सभापति बिडारीले द्विविधायुक्त कुराहरु परिपत्रका माध्यमबाट नगर्न निर्देशन दिए । ‘भू-उपयोग सम्बन्धि ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्ड इत्यादि कार्यान्वयन हुन सक्दैनन् ।…

Read More

काठमाडौं:  कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका छन् । मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी दिए । मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन्। मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको छ। उनीहरुलाई काठमाडौं झिकाएपछि मंगलबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ । नेपाल पक्षका केही सांसदलाई मन्त्री…

Read More

काठमाडौँ: शेयर बजारका लगानीकर्ताहरुले नजिकिँदो दशैंलाई शेयर बजारमा गरेको लगानी झिक्दा मंगलबार शेयर बजार परिसूचक मापक नेप्से दोहोरो अंकले घट्न पुगेको छ । असोज मसान्त नजिकिँदा ठूला कारोबारीहरु कर र ऋणको ब्याज भुक्तानीमा केन्द्रीत रहँदा उनीहरुले पनि बजारमा लगानी बढाएका छैनन्। साना लगानीकर्ताहरुले पनि आफ्ना भएको लगानीकमध्ये दशैं खर्च जोहो गर्नतर्फ लाग्दा सूचक दबाबमा परेको हो । मंगलबार नेप्से ०.६० प्रतिशत अर्थात ९.४२ अंकले घटेर १ हजार ५६८ दशमलव ५९ बिन्दुमा बन्द हुन पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ३११.४१ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९३ वटा कम्पनीको ६७ लाख ८२ हजार ९४७…

Read More

काठमाडौं: देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।

Read More